लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा दरखास्त आवह्वान

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा दरखास्त आवह्वान


काठमाडौं–लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले दरखास्त आवह्वान गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभ पदका लागि विभिन्न शाखामा कर्मचारी आवह्वान गरेको हो ।

कम्पनीले नवलपूर, तनहुँ, गोर्खा, स्याङजा, म्यादी, बागलुङ, बर्दिया, नेपालगञ्ज, टिकापुर, लम्की र कोहलपुर शाखाका लागि लागि कर्मचारी मागेको हो ।

उक्त पदका स्नातक योग्यता स्नातक पास गरी १ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, इच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल मार्फत वैशाख २५ गतेभित्र दरखास्त आवेदन दिनुपर्नेछ ।