एक संस्था एक ऋणीको व्यवस्था : घट्दै ऋणीको संख्या

एक संस्था एक ऋणीको व्यवस्था : घट्दै ऋणीको संख्या


काठमाडौं- हाल नेपाल राष्ट्र बैंकको एक संस्था एक ऋणीको व्यवस्थाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको संख्या घट्दै गएको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको जनाएको हो ।
यो पनि

समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या पनि ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ । राष्ट्र बैंकले पछिल्लो ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिएको बताएको छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको उल्लेख गरेको छ । हाल नेपालमा ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिएको बैंकले उल्लेख गरेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रैमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिएको छ ।