लघुवित्तहरुको वित्तीय विवरण सार्वजनिक, यस्तो छ तथ्याङ्क

लघुवित्तहरुको वित्तीय विवरण सार्वजनिक, यस्तो छ तथ्याङ्क


काठमाडौं– अधिकांश लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भएको उक्त विवरणअनुसार कम्पनीहरुको खुद नाफामा गिरावट आएको देखिएको छ ।

गिरावट देखिएसँगै पुस मसान्तसम्ममा लघुवित्तहरुले रु. ५९ करोड खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो सोही अवधिको तुलनामा २४.५८ प्रतिशतले कम हो।

यस्तै कम्पनीहरुको ब्याज आम्दानी रु. ३ अर्ब ७ करोड र ब्याज खर्च रु. १ अर्ब ८१ करोड रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्तहरुको खुद मुनाफामा पनि गिरावट देखिएको छ ।

अघिल्लो वर्षको दोस्रो त्रैमासमा खुद्रा कर्जा प्रदायक लघुवित्तहरुको खुद मुनाफा रु. २ अर्ब ४२ करोड थियो । यो वर्षको पुस मसान्तमा त्यसमा ८७ प्रतिशतले कमी आई खुद मुनाफा ३१ करोड पुगेको छ।

समीक्षा अवधिसम्म खुद्रा कर्जा प्रदायक लघुवित्तहरुको ब्याज आम्दानी रु. २४ अर्ब ७४ करोड र ब्याज खर्च रु. १५ अर्ब ५२ करोड रहेको छ। ५४ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुमध्ये २१ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको विवरणमा उल्लेख छ ।