काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश माघ २४ गते सम्पन्न २४ औं बार्षिक साधारण सभाले पारित गरेको छ ।
कम्पनी संचालक समितिको ३७८ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
हाल प्रभुको चुक्ता पूँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।
बोनस वितरण पश्चात भने कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख २९ हजार पुग्नेछ।
प्रतिक्रिया