बैंकिङ्ग समाचार ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक वर्ष पुरा गरेको उपलक्ष्यमा नेपाल बाल संगठन (बाल मन्दिर) लाई आर्थिक सहयोग गरेको छ ।
बैंकलले संस्थागत सामाजिक उत्तरदायित्व १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचिव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
काठमाण्डौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रजिष्टर्ड कार्यालय रहेको बैैंकको हाल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निस्कासन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।
जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।





About Us
प्रतिक्रिया