बैंकिङ्ग समाचार ।
शेयर बजार कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक साताको अन्त बिहीबार घटेरै बन्द भएको छ ।
साताको शुरुआत आइतबारदेखि नै राताम्यै भएको नेप्से परिसूचकले सोमबार ६ प्रतिशत अर्थात ९६ अंक भन्दा माथीको गिरावट आउँदा कारोबारमा सर्किट ब्रेकसम्म लागउनु परेको थियो ।
लगाम लगाउँदै कारोबार चलाउँदै आएपनि साताको अन्तमा भने ५ दशमलव ५० अंकले गिरावट आई परिसूचक १ हजार ४ सय ३५ दशमलव ७० अंकमा थाएको छ । भने क बर्गको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १ दशमलव १५ प्रतिशतले घटेर ३ सय ७ दशमलव ७२ अंकमा झरेको छ ।
बिहीबार भएको १ सय ७९ कम्पनीहरुको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २२ हजार ५ सय ३१ पटक कारोबार हुँदा २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार डेभलभमेन्ट बैंक, बित्त, माइक्रोफाइनान्स, लाईफ इन्श्योरेन्स र अन्य उपसूचकहरुबाहेक बाँकी सबै उपसूचकहरुमा गिरावट आएको छ ।
आज धेरै कारोबार भएको नेपाल लाईफ इन्श्योरेन्स कम्पनीको ३७ कारोड माथी कारोबार भएको छ । धेरै कमाउनेमा मञ्जुश्री फाइनान्स लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत कमाएका छन् भने धेरै गुमाउनेमा नेपाल हाईड्रो डेभलपमेन्ट र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले करिव १० प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया