बैंकिङ्ग समाचार ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबिच रेमिटान्सबीच सम्झौता भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एपमा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि सिघ्र सुचारु हुने भएको छ।
नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुने कम्पनीले जानकारी दिएको छ ।





About Us
प्रतिक्रिया