ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।
फागुन २१ गते (शुक्रवार)देखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ । 

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको हो । 

मंगलवार साझ ६ बजेसम्म यस कम्पनीको आईपीओ खरीदका लागि १६ लाख ४ हजार १४९ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । 

ऊक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । 

हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ बाँडफाट पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।