महिला लघुवित्तको आइपिओ बाँडफाँड शुक्रबार, शेयर पाउन भाग्यकै भर

महिला लघुवित्तको आइपिओ बाँडफाँड शुक्रबार, शेयर पाउन भाग्यकै भर


बैकिङ्ग समाचार । 
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपिओ) काे बाँडफाँड भाेलि फागुन १४ गते शुक्रबार हुँदैछ । उक्त आइपिओ हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान ८ बजे बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । 

कम्पनीको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।