विहिबार सेयर बजार राताम्मे, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

विहिबार सेयर बजार राताम्मे, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए


बैकिङ्ग समाचार । 
बिहीबार सेयर बजार राताम्मे भएको छ। नेप्से परिसूचक, सेन्सेटिभ सूचक र सबै समूहका सूचक यस दिन राताम्मे भएका हुन्। 

नेप्से परिसूचक ४४.९४ अंकले घटेको छ। सो अंकको गिरावटपछि २५५४ अंकमा कायम भएको छ। त्यस्तै क वर्गका कम्पनीहरुको सेन्सेटिभ सूचक ८ अंकले घटेको छ। 

यस दिन कारोबार रकम पनि खुम्चिएको छ। कुल ६ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकिङ ३७, ब्यापार ५५, होटल १७, विकास बैंक ४७, जलविद्युत २७, फाइनान्स २५, निर्जीवन बीमा १७६, उत्पादन ७२, अन्य ३६, माइक्रोफाइनान्स ६० र जीवन बीमा समूह २९९ अंकले घटेका छन्। 

यस दिन चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। सो दरमा बढेपछिको मूल्य प्रतिकित्ता ३७७ रुपैयाँ कायम भएको छ। यस दिन कम्पनीको ६८ हजार २६५ रुपैयाँको सेयर किनबेच भएको छ। 

त्यस्तै नेसनल हाइड्रोपावरको मूल्य ८. २२ प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता १५८ रुपैयाँ कायम भयो। 

सनराइज फस्ट म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै ६. ८ प्रतिशतले घटेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को मूल्य प्रतिकित्ता १९ रुपैयाँ घटेर ५४३ रुपैयाँमा झरेको छ। 

कारोबारका आधारमा पनि यस दिन निफ्रा नै अग्रस्थानमा रह्यो। सो कम्पनीको ९० करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै नबिल बैंकको २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।