अर्थमन्त्री खतिवडाले दिए राजीनामा 

अर्थमन्त्री खतिवडाले दिए राजीनामा 


बैंकिङ्ग समाचार । 
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् ।

राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिएका हुन् । उनलाई बुधबार पुनः अर्थमन्त्रीमा नियुक्ति गरिने तयारी गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई मन्त्री नियुक्त गर्न लागेको स्रतेतले जनाएको छ ।

प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि खतिवडाले मुख्यसचिवमार्फत राजीनामा बुझाएका हुन् ।