नेप्से ४०.८२ अंकले घट्यो, लगानीकर्ता बैकिङ्ग क्षेत्रमा झुमे, ४ अर्ब ८४ करोडको कारोबार

नेप्से ४०.८२ अंकले घट्यो, लगानीकर्ता बैकिङ्ग क्षेत्रमा झुमे, ४ अर्ब ८४ करोडको कारोबार


बैकिङ्ग समाचार । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.८२ अंकले घटेको छ । गत हप्ता देखि बुलिस ट्रेनमा उकालो लागेको नेप्सेले यो साताको सुरुमा नेप्से परिसूचक घटे पनि कारोबारमा भने नयाँ रेकर्ड राखेको छ । 

साताको पहिलो दिन नेप्से परिसूचक ४०.८२ अंकले घटेर १ हजार ५ सय ९१ दशमलव ३६ विन्दुमा सिमित भएको छ भने कारोबार ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ को भएको छ । 

आज लगानीकर्ताहरु धेरै बैंकिङ क्षेत्रमै झुम्मिएका छन्  । कारोबार रकमका आधारमा एनएमबि बैंक पहिलो नम्बरमा देखिएको छ । एनएमबिको मात्रै २६ करोड ६३ लाख ७४ हजार १ सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको ग्लोबल आइएमईको आइतबार २५ करोड ८५ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । 

तेस्रो नम्बरमा भने २४ करोड ६४ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएर नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ । कारोबा रकमका आधारमा एनआइशी एशिया बैंक र नेपाल बैंक चौथौं र पाँचौ नम्बरमा देखिएका छन् ।

यी बैंकहरुको क्रमशः २१ करोड ८८ लाख ९४ हजार ९ सय ८८ र १७ करोड १९ लाख ९३ हजार १ सय २२ रुपैयाँको सेयर किनबेच भएका छन् ।

सबै समूहहरु घटे पनि फाइनान्स उपसमूह भने ४ अंक भन्दा माथिले बढेको छ ।