अघिल्लो दिनको तुलनामा सुनको मुल्य घट्यो

अघिल्लो दिनको तुलनामा सुनको मुल्य घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

गत सोमबार प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँ पुगेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार र बुधबार गरी दुई दिनमा तीन हजार दुई सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँ घटेको हो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।