मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल

मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्वपूर्ण रहेको बताए ।

मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरु सकारात्मक भएपनि निजी क्षेत्र र आमसर्वसाधरणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको अध्यक्ष मल्लको भनाइ छ ।मुलुकमा उद्योगिक एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।