वाणिज्य बैंकमध्ये १० वटाको शेयरभाउ रु.२०० भन्दा तल, अरुको कति ?

वाणिज्य बैंकमध्ये १० वटाको शेयरभाउ रु.२०० भन्दा तल, अरुको कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समय वाणिज्य बैंकहरुको शेयरभाउ निकै तल आएको छ। हिजो मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरुमध्ये १० वटाको शेयरभाउ प्रतिकित्ता २०० रुपैयाँभन्दा तल रहेको छ।

हिमालयन, एनएमबी, ग्लोबल आइएमई, प्राइम, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, सिजिटन्स, प्रभु र कुमारी बैंकको २०० रुपैयाँभन्दा तल शेयरभाउ रहेको छ । सबैभन्दा धेरै शेयरभाउ भएको वाणिज्य बैंकमा स्ट्यान्डर्ड चार्टर्ड रहेको छ।

यो बैंकको शेयरभाउ ५०७ रुपैयाँ रहेको छ। त्यसपछि नबिलको ५०२.१० रुपैयाँ, एनआईसी एसियाको ४९८.९ रुपैयाँ र एभरेस्टको ४७० रुपैयाँ रहेको छ। यसैगरी प्रतिकित्ता ३०० रुपैयाँभन्दा कम शेयरभाउ भएका ५ वटा वाणिज्य बैंकहरु छन्। जसमा नेपाल एसबीआई, कृषि विकास, नेपाल बैंक, सानिमा र सिद्धार्थ बैंक छन्।