नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा



बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किसोक मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समयअनुकूल पारी कार्यालय समयबाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिए।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।