वर्तमान सरकार देशको अर्थतन्त्र जोगाउन असफल भयो : एमाले अध्यक्ष ओली

वर्तमान सरकार देशको अर्थतन्त्र जोगाउन असफल भयो : एमाले अध्यक्ष ओली


काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको अर्थतन्त्र जोगाउन असफल भएको आरोप लगाएका छन्।

एमालेको जनतासँग सार्वजनिक भेटघाट कार्यक्रमअन्तर्गत आज रुकुम पूर्वमा सम्बोधन गर्दै उनले सरकारका कारण देश ध्वस्त हुने अवस्थामा पुगेका बताए। कर्मचारीलाई तलब खुवाउन समेत ऋण लिनुपर्ने अवस्था आएको भन्दै यही अवस्था रहे सरकार विस्थापित गर्नुपर्ने उनको भनाइ थियो।

‘यही गतिमा जाने हो भने देश ध्वस्त हुने भयो, यस्तै अवस्था हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ,’ उनले भने।