राष्ट्रिय जीवन बीमा कम्पनीले पायो रुपान्तरित कम्पनीको आधिकारिक प्रमाणपत्र

राष्ट्रिय जीवन बीमा कम्पनीले पायो रुपान्तरित कम्पनीको आधिकारिक प्रमाणपत्र



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रुपान्तरित आधिकारिक प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १६ गते र प्राधिकरणको मंसिर १३ गतेको निर्णय बमोजिम साविकको राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन २०७९ को दफा १७२ को उपदफा ३ को खण्ड क, ख, ग र घ को व्यवस्था बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा परिणत गरी दर्ता अभिलेख भएको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ का दफा ६१ को उपदफा १ को खण्ड क बमोजिमको जीवन बीमा व्यवसाय गर्नेगरी जीवन बीमकको प्रमाणपत्र जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।