देशमा आर्थिक संकट गहिरिँदै :पूर्वप्रधानमन्त्री ओली

देशमा आर्थिक संकट गहिरिँदै :पूर्वप्रधानमन्त्री ओली


पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताए ।

सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप लगाएका हुन् । यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।

पूर्वप्रधानमन्त्री ओली झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दु:ख व्यक्त गरे ।

‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो,’ उनले भने ‘यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।’

एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो ।

यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।