नेप्सेमा झिनो अंकको गिरावट, १ अर्ब १९ करोडको कारोबार

नेप्सेमा झिनो अंकको गिरावट, १ अर्ब १९ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.४२ अंकले घटेर एक हजार ८ सय ४७ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२२ कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ ।