इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारण सभा सम्पन्न

इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

सभाले आठ दशमलव चार प्रतिशतले हुने रकम चार करोड ६७ लाख ८७ हजार तीन सय ६८ रुपैंयाँ नगद लाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्नेछ ।