प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड भन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड भन्दा बढी रकम जम्मा



बैंकिङ्ग समाचार, काठमाडौं ।
जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ ।

कात्तिक १८ गतेदेखि मंसिर १५ गतेसम्मको अवधिमा उक्त रकम ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका लागि उक्त रकम कोषमा जम्मा भएको हो । विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्दै आएका छन् ।