किन बढ्दैछ लगातार सुनको भाउ?

किन बढ्दैछ लगातार सुनको भाउ?

यसरी निर्धारण हुन्छ सुनको भाऊ


बैंकिङ्ग समाचार, काठमाडौं
पछिल्ला दिनमा सुनको भाऊ लगातार बढिरहेको छ । पछिल्लो रेकर्डअनुसार बजारमा प्रतितोला १ लाख २० हजार ८ सय रूपैयाँमा छापावाल सुनको कारोबार भइरहेको छ । यसअघि १ लाख १९ हजार ३ सय थियो भने त्यसको दुइदिन अघि १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार मात्रै तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । यसरी निरन्तर सुनको मूल्यमा उच्च बृद्धि भइरहेको छ ।

अमेरिकी अर्थतन्त्र माथि गएसंगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊ दशकौंदेखि लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय तथ्यांकले भनेको छ?, ‘सन् १९३३ मा ३५ डलर प्रतिआउन्स रहेकोसुनको मूल्य सन् २०११ मा आइपुग्दा १९२४ डलरसम्म पग्यो । जुन डलरको हिसाबले सबैभन्दा उच्च थियो । त्यसमा सन् २०१६ मा १०५० डलरमा झरेको सुनको मूल्य अहिले फेरि बढेर १९२० डलर प्रतिआउन्सको मूल्यमा कारोबार भइरहेको छ । यसको अर्थ सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा निकै उताचढाव देखिएका छन् ।

सुरक्षा खोज्दै लगानीकर्ता सुनतिर !

सुनको अन्तर्राष्ट्रिय मूल्यमा नै लगातार बृद्धि हुँदा नपालमा पनि त्यसको प्रभाव परेको हो । अन्य क्षेत्रमा लगानी सुरक्षित नभएको देखेपछि अन्र्राष्ट्रिय बजारमै सुनचाँदीको माग ह्वात्तै बढेको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमै शेयरबजार, पेट्रलियम बजार लगायतका लगानीका क्षेत्रमा गिरावट आएको छ । जकिा कारण यी क्षेत्रमा लगानीको वातवरण कमजोर भएको छ । लगातार बढिरहेको सुन बजारमा मुनाफा उच्च हुने देखिएपछि यो क्षेत्रमा आकर्षण बढेको सरोकारवालाको बुझाइ छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य भन्छन्, ‘ अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च छ । लगानीका लागि अन्य सुरक्षित क्षेत्र नभएपछि लगानीकर्ताको आकर्षण सुनमा बढेको हो ।’

उनकाअनुसार नपाली बजारमा भने सुनको माग घटेको हो । बज्राचार्यले भने, ‘नेपाली बजारमा कोरोना महामारीदेखि नै सुनको बजार सुस्त थियो । अहिले त लगानी भन्दा पनि अत्यावश्यक बेला बाहेक सुनमा लगानी गर्नेहरू कमै छन् । ’

सुनको माग किन बढ्छ ?

अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर बढाउँदा विश्व बजारमा सुनको माग घट्ने हुन्छ । यस्तो बेला सुनको मूल्य पनि घट्छ । यदि त्यहाँका केन्द्रिय बैंकले ब्याजदर घटाउने भने लगानीतर्काहरू सुनमा आकर्षित हुन्छन् र सुनको माग बढ्न जान्छ ।
संसारभर नै सुनलाई सुरक्षित सम्पत्तिको रुपमा मानिन्छ । जब अन्य क्षेत्रमा लगानीको सुरक्षामा संसय पैदा हुन्छ त्यस्तो बेलामा सुनमा लगानी बढ्न जान्छ । सुनको मूल्य बढ्दा विदेशी विनिमय सञ्चिति घट्छ । बाहिर विदेशबाट मानिसहरूले कमाएर ल्याएको पैसा विदेशी विनिमय सञ्चितिको रूपमा जम्मा हुन्छ । त्यही विदेशी विनिमय सुनमा खर्च गर्नुपर्ने हुँदा अन्य बस्तु तथा सेवाको आयातका लागि समस्या हुन्छ ।

यसरी निर्धारण हुन्छ सुनको भाऊ

विश्व बजारमा हुने मागको आधारमा सुनको मूल्य निर्धारण हुने गर्छ । अमेरिकन डलरको भाऊले पनि नेपाली बजारमा प्रभाव पार्ने गर्छ । डलरको बढेको बेला अन्तर्राष्ट्रिय बजामा कम नै छ भने पनि यहाँ बढ्न जान्छ भने डलरको भाउ घटेको बेला अन्तर्राष्ट्रिय बजारमा मूल्य बढी नै भए पनि यहाको मूल्यमा केही राहत प्राप्त हुन्छ । अहिले डलरको भाऊ र सुनको अन्तर्राष्ट्रिय मूल्य दुबैमा बृद्धि भएकाले यहाँ पनि उच्च मूल्य कायम भएको छ ।

अहिले नेपाली बजारमा औसतमा दैनिक २० किलोसुन खपत हुन्छ । राष्ट्र बैंकको पछिल्लो नीतिअनुरुप प्रतिदिन २० किलो सुन आयात भइरहेको छ । सुनको मूल्य अकाशिदा करिब १० हजार सुन ब्यापारीको ब्यापार कमजोरभएको नेपाल सुनचाँदी ब्यवसायी संघका महासचिव बज्राचार्यले बताए । उनले भने, ‘लामो समयदेखि नेपाली बजार स्लो नै छ । यसमाथि लगातार सुनको भाउः बढ्दा करिब १० हजारको संख्यामा रहेका सुन ब्यापारीको ब्यापार खस्केको छ ।’