१६ अर्बको आन्तरिक ऋण नवीकरण गदैं राष्ट्र बैंक, सोमबार बोलकबोल

१६ अर्बको आन्तरिक ऋण नवीकरण गदैं राष्ट्र बैंक, सोमबार बोलकबोल



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ४ करोड ५० लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

राष्ट्र बैंकले मंसिर १९ गते जारी हुने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः फागुन २२ गते र २०८१ जेठ २२ गते रहेको छ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।