नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजार संस्थापक शेयर विक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजार संस्थापक शेयर विक्रीमा



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ५७७ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने कम्पनीले जनाएको छ । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लिखित निवेदन पेश गर्नुपर्नेछ ।