फिलिपिन्सको मिन्डानाओमा ७.६म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको मिन्डानाओमा ७.६म्याग्निच्युडको भूकम्प


बैंकिङ्ग समाचार, काठमाडौं । 

मेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर फिलिपिन्सको मिन्डानाओमा ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।

जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरिएको जनाएको छ ।

यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ ।

फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउनसक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ ।