हिमालयन एभरेष्ट इन्स्योरेन्स स्थापनाको २९ औं वर्ष पुरा गरेर ३० औं वर्षमा प्रवेश

हिमालयन एभरेष्ट इन्स्योरेन्स स्थापनाको २९ औं वर्ष पुरा गरेर ३० औं वर्षमा प्रवेश


बैंकिङ्ग समाचार, काठमाडौं ।

वि.स. २०५० मंसिर १५ गते सञ्चालनमा आएको हिमालयन र वि.स. २०५१ साउन ७ गते सञ्चालनमा आएको एभरेष्ट इन्स्योरेन्स मर्जरपश्चात् आर्थिक वर्ष २०७९।८० को साउन १ गतेदेखि एकीकृत कारोबार थालेको यस कम्पनीले आफ्नो तीन दशक लामो यात्रा गरेको छ ।

कम्पनीले यस अवसरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग, सुझाव तथा मार्गनिर्देशन गर्ने नियामक निकाय शुभ चिन्तक तथा शेयरधनीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै थप गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स स्थापनाको २९ औं वर्ष पुरा गरेर ३० औं वर्षमा प्रवेश गरेको छ । तत्कालिन हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स आपसमा गाभिएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालका अग्रणी निर्जीवन बीमा कम्पनी मध्येको एक कम्पनी हो ।