अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा


बैंकिङ्ग समाचार, काठमाडौं । 

शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा तोकिएको छ। शुक्रबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। यसअघि गत मंसिर १० गते डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ४ पैसा बढी हो। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५७ पैसा र बिक्रीमा २८ रूपैयाँ ७० पैसा पाइन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९४ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८८ रूपैयाँ २३ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा तोकिएको छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ११ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ०५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।