मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी सातामात्रै सार्वजनिक गरिने



बैंकिङ्ग समाचार, काठमाडौं ।

कात्तिक मसान्तसम्म ल्याइनुपर्ने मौद्रिक समीक्षा मंसिरको मध्य लागिसक्दा पनि नेपाल राष्ट्र बैंकले ल्याएको छैन। यो साताको अन्तिम दिन शुक्रबारसम्म मौद्रिक समीक्षा आउने भनिएको थियो। तर, त्यो मिति पनि टरेको छ। अब आगामी सातामात्रै मौद्रिक समीक्षा ल्याउने सोचमा राष्ट्र बैंक पुगेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै गर्ने भएको छ । अहिले समीक्षाको लागि उच्च व्यवस्थापन तहमा छलफल भइरहेको केन्द्रीय बैंक स्रोतले बताएको छ । उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात सञ्चालक समितिले पारित गरेपछि समीक्षा सार्वजनिक गरिने भएको हो ।

मौद्रिक नीतिको समीक्षा हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गभर्नर महाप्रसाद अधिकारी लगायतलाई बोलाएर अर्थतन्त्रको विषयमा छलफल गरेका थिए ।

राष्ट्र बैंकले अर्थमन्त्रालयको प्रेसरका कारण मौद्रिक नीति अघि नै सर्कुलर जारी गर्दै शेयर धितो कर्जा, घरजग्गा कर्जालगायतमा केही लचक नीति लिएको थियो । यसले गर्दा पनि अब समीक्षामा ठूलो नीतिगत परिवर्तन हुने अपेक्षा भने गरिएको छैन् ।