नेपाल एसबिआइ बैंकको ९.४७ प्रतिशत लांभास पारित

नेपाल एसबिआइ बैंकको ९.४७ प्रतिशत लांभास पारित


बैकिङ्ग समाचार । 
नेपाल एसबिआइ बैंकका शेयरधनीहरुको २७औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भयो।

उक्त सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आसार मसान्त २०७७ को वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग ली’को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरिएको छ।