रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, ५ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, ५ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब


बैकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको ५ महिनामा (साउनदेखि मंसिरसम्म)मा ४ खर्ब १६ अर्ब ८१ करोड रेमिटयान्स नेपाल भित्रिएकाे छ। 

गत आर्थिक वर्षको यसै अवधिमा ०.२ प्रतिशतले घटेको रेमिटयान्स आप्रवाह चालु आर्थिक वर्षमा १०.९ प्रतिशतले बृद्धि भएको छ। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।