सातामा नेप्सेः  उछाल कायमै, १८ अर्ब माथिको सेयर कारोवार 

सातामा नेप्सेः  उछाल कायमै, १८ अर्ब माथिको सेयर कारोवार 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

यो साता नेप्से १६ सय ३२ दसमलव १७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ४७ दसमलव ६८ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता एक सय ८० कम्पनीहरुको चार करोड ४९ लाख ४४ हजार एक सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार चार सय ९९ रुपैयाँ पुगेपछि सेयर बजारमा हरियाली कायमै छ । 

यो साता नेप्सेमा लगातार उछाल आएका कारण पनि कारोवार रकम गत साताको तुलनामा निकै नै बढेको हो । गत साता भने नेप्सेमा एक सय ७८ कम्पनीहरुको १ लाख ३ हजार ५ सय दुई वटा कारोवारमा २ करोड ५३ लाख ३३ हजार पाँच सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ११ अर्ब २० करोड ५४ लाख ६४ हजार चार सय ७४ रुपैयाँ पुगेको थियो ।

तर यस साता भने नेप्से सुचकले रेकर्डै ब्रेक गर्यो । लगातार ५ दिन खुल्ला रहेको नेप्सेले दोस्रो दिन नेप्से घटेपनि बाँकी दिन नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेका थिए । सो मध्ये पहिलो दिन नेप्से ६९ दसमलव ५६ अंकले बढेर १५ सय चार दसमलव १४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव सात अंकले बढेर तीन सय १७ दसमलव ५० अंकमा चढेको थियो ।

दोस्रो दिन भने नेप्से एक दसमलव २६ अंकले घटेर १५ सय दुई दसमलव १८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ४९ अंकले बढेर तीन सय १८ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से ४३ दसमलव दुई अंकले बढेर १५ सय ४५ दसमलव १९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि एक दसमलव आठ दसमलव ५७ अंकले बढेर तीन सय २६ दसमलव ५६ अंकमा पुगेको थियो ।

चौंथो दिन पनि नेप्से ५० दसमलव ९३ अंकले बढेर १५ सय ९६ दसमलव १३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि नौ दसमलव ४९ अंकले बढेर तीन सय ३६ दसमलव पाँच अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से ३६ दसमलव पाँच अंकले बढेर १६ सय ३२ दसमलव १७ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव ६३ अंकले बढेर तीन सय ४७ दसमलव ६८ अंकमा पुगेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, एभरेष्ट बैंक आदिको आदिको बढी रकम कारोवार भएको छ भने सेयर कारोवार भएको संख्याको आधारमा पनि यिनै कम्पनीहरुको बर्चश्व रहेको छ ।

बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

नयाँ रेकर्ड कायम राखेको नेप्सेमा यस सातालाई नियालेर हेर्दा गुराँस लघुबित्त बित्तीय संस्था,  चिलिमे हाईड्रो पावर कम्पनी आदिको बोनस सेयर सुचीकृत भएको छ ।