सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट प्राप्त गर्ने

सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट प्राप्त गर्ने


बैंकिङ्ग समाचार ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।