‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, रोयल इन्फिल्डदेखि इ-स्कुटरसम्म जित्ने अवसर


काठमाडौं – विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर पार्टनर्सले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन्।

ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने इनड्राइभको पहलअन्तर्गत यो क्याम्पेन सञ्चालन गरिएको हो। क्याम्पेनमा सहभागी ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ। उक्त मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्सहरू पुरस्कारको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्।

क्याम्पेन अवधिभर पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रका लागि एक इन्ट्रीका रूपमा गणना गरिनेछ। यसअनुसार ड्राइभर पार्टनर्सहरूले जति धेरै राइड पूरा गर्छन्, पुरस्कार जित्ने उनीहरूको सम्भावना पनि त्यति नै बढ्नेछ। यो क्याम्पेन सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म लगातार चार हप्ता सञ्चालन हुनेछ।

क्याम्पेनमा कसरी सहभागी हुने ?
सहभागिताः काठमाडौंमा इनड्राइभ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेका सबै सक्रिय ड्राइभर पार्टनर्सहरूले यस क्याम्पेनमा सहभागी हुन सक्नेछन्। योग्यताः ड्राइभर पार्टनर्सहरूले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ।

लक्की ड्रमा सहभागिताः क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई स्वतः एक लक्की ड्र इन्ट्रीका रूपमा गणना गरिनेछ। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन। क्याम्पेन अवधिः यो क्याम्पेन सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म लगातार चार हप्ता सञ्चालन हुनेछ। पुरस्कार जित्ने अवसरः योग्य ड्राइभर पार्टनर्सहरूले साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। साथै, क्याम्पेन अवधिभर संकलित सबै योग्य इन्ट्रीहरू अन्तिम बम्पर उपहारको लक्की ड्रमा समेत समावेश गरिनेछन्।

पुरस्कारमा के के छन् ?
चार हप्ते क्याम्पेनअन्तर्गत इनड्राइभले ड्राइभर पार्टनर्सहरूलाई बम्पर उपहारसहित विभिन्न साप्ताहिक पुरस्कार प्रदान गर्नेछ। बम्पर उपहार अन्तर्गत १ जनालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्रदा गरिने छ। त्यस्तै, साप्ताहिकरुपमा ४ जनालाई याडिया इलेक्ट्रिक स्कुटर, १६ जनालाई सामसङ ग्यालेक्सी ए १७ स्मार्टफोन, २० जनालाई एयर फ्रायर, २०० जनालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर, ८०० जनालाई प्रतिव्यक्ति १० लिटर इन्धन बराबरको भौचर प्रदान गरिने छ। क्याम्पेनका चार हप्तामा योग्य ड्राइभर पार्टनर्सहरूमध्येबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिनेछन्। त्यस्तै, क्याम्पेन अवधिभर संकलित योग्य इन्ट्रीहरूमध्येबाट अन्तिम लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेतालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्रदान गरिनेछ।

यस क्याम्पेनबारे बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन् ‘हाम्रा ड्राइभर पार्टनर्सहरू हामीले दैनिक रूपमा प्रदान गर्ने मोबिलिटी सेवाका मुख्य आधारस्तम्भ हुनुहुन्छ। उहाँहरूको निरन्तर मेहनत, समर्पण र योगदानको कदर गर्दै पारदर्शी र आकर्षक तरिकाले सम्मान गर्ने उद्देश्यले हामीले ‘प्लाटिनम गिभअवे’ क्याम्पेन ल्याएका हौं। यस क्याम्पेनमार्फत धेरै राइड पूरा गर्ने ड्राइभर पार्टनर्सहरूले पुरस्कार जित्ने थप अवसर प्राप्त गर्नुहुनेछ। यसले हाम्रो मोबिलिटी इकोसिस्टममा उहाँहरूले पु¥याउँदै आउनुभएको महत्त्वपूर्ण योगदानलाई सम्मान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। यस क्याम्पेनले ड्राइभर पार्टनर्सहरूमा थप उत्साह थप्नुका साथै चाडपर्वको माहोललाई अझ रमाइलो र स्मरणीय बनाउने विश्वास लिएका छौं ।’

इनड्राइभले यस्ता प्रोत्साहनमूलक क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सहरूको योगदानलाई सम्मान गर्दै उनीहरूसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै, नेपालमा विस्तार हुँदै गएको आफ्नो मोबिलिटी इकोसिस्टममा ड्राइभर पार्टनर्सहरूको सक्रिय सहभागिता बढाउँदै उनीहरूका लागि थप अवसर सिर्जना गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।