बैकिङ्ग समाचार ।
नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई प्राथमिक शेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले लिर्वटी हाइड्रोपावर कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीलाई आईपीओ निष्काशनको अनुमित दिएको हो।
लिबर्टी ईनर्जीलाई स्थानीय तथा सर्वसाधारणलाई गरी ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले स्थानीय बासीलाई १५ करोड बराबरको १५ लाख कित्ता शेयर तथा सर्वसाधारणलाई २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निस्कासन गर्नेछ ।
कम्पनीको आईपिओलाई इक्रा नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको जनाउँछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।
कम्पनीले कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
यस्तै युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावरले स्थानीय र सर्वसाधारणलाई गरी १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता शेयर निस्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीले स्थानीयलाई ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० लाख कित्ता र सर्वसाधारणलाई ६ करोड ३० लाख बराबरको ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको आईपिओलाई केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो ।
यसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ। कम्पनीको शेयर निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। कम्पनीले कांस्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।






About Us
प्रतिक्रिया