आर्थिक विकासका लागि सिद्धार्थ बैंक, राष्ट्र बैंक, ‘केएफडब्लु’ बैंक र जर्मनीबीच सम्झौता

आर्थिक विकासका लागि सिद्धार्थ बैंक, राष्ट्र बैंक, ‘केएफडब्लु’ बैंक र जर्मनीबीच सम्झौता


बैंकिङ्ग समाचार । 
 जर्मन सरकारको सहयोगमा ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकास परियोजनाका लािग लागि सिद्घार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बिच त्रिपक्षीय सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरे । यस परियोजना नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको हो ।

जसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत वाणिज्य बैंकमध्येबाट सिद्घार्थ बैंक र जर्मन सरकारको तर्फबाट के एफ डब्लु डेभलपमेन्ट बैंकद्धारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान गर्नेछ ।

यस परियोजना अन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैंकले लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि रु दुई लाख देखि रु चालिस लाख सम्मको कर्जा सुविधा, १० वर्ष सम्मको कर्जा अवधि, लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग यस योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने छ । 

विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बिचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरुको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।