गुराँस लघुवित्तका शेयरधनीलाई धोका 

गुराँस लघुवित्तका शेयरधनीलाई धोका 


बैंकिङ्ग समाचार । 
गुराँस लघुवित्तका शेयरधनीले लाभांश नपाउने भएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले गत आर्थिक वर्ष २०७६।७७ बाट कुनैपनि लाभांश नपाउने भएका हुन्।

लघुवित्तको कार्तिक २१ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि बोनस शेयर तथा लाभांश वितरणका लागि प्रस्ताव नगरिएको जनाएको छ ।

शुक्रबार सम्पन्न बैठकले संस्थाको आर्थिक वर्ष २०७६/७७ को वासलात, आम्दानी तथा नाफा नोक्सान हिसाब लगायतका विवरणहरू सहितको वार्षिक एकीकृत विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू आगामी वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।