सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकले साधारणसभाबाट पारित भए बमोजिम आर्थिक वर्ष २०८२/०८३ सम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको हुँदा काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको हो।

बैंकले १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभएका, मौज्दात रहेका वा शून्य मौज्दात भएका निष्क्रिय खाताहरू अद्यावधिक गरी पुनः सञ्चालनमा ल्याउन निक्षेपकर्तालाई आग्रह गरेको छ। बैंकका अनुसार सम्बन्धित खातावालाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने शाखा कार्यालयमा आवश्यक प्रमाणसहित स्वयं उपस्थित भई खाता अद्यावधिक गरी सूचारु गर्न आग्रह गरेको छ।

अन्यथा नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०८२, इ. प्रा.निर्देशन नं.१६/०८२ को दफा ३ (३) बमोजिम विगत १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्नुपर्ने प्रावधान अनुसार हकदावी पर्न नआएका खाताहरु बन्द गरिने बैंकले जनाएको छ।