इन्ड्राइभ चालकहरू आन्दोलितः श्रम शोषण गरेको आरोप लगाउँदै घेरे कार्यालय


काठमाडौं – स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरूले आज बुधवार ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभकाे कर्पाेरेट कार्यालय घेराउ गरेका छन्।

उनीहरू कम्पनीले आफ्नो पारिश्रमिकको उचित मूल्य नदिएको र आफूहरूमाथि श्रम शोषण गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका हुन्।

कम्पनीले श्रम शोषण गरेको आरोप लगाउँदै वैज्ञानिक भाडा दर निर्धारण गर्न, श्रमिकको अधिकार सुनिश्चित गर्न कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

दैनिक जसो बढेको इन्धन र अन्य खर्च निरन्तर बढ्दै गए पनि इन्ड्राइभमार्फत प्राप्त हुने आम्दानी त्यसअनुसार नबढेकाले आफूहरू मारमा पर्दै आएको उनीहरूको गुनासो छ। एक आन्दोलनकर्ताले भने,’तीन दिनसम्म हाम्रो माग पुरा भएन भने आन्दोलनकाे समय लम्बिन सक्छ।’