नेपाल टेलिकमद्वारा महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था


काठमाडाैं – नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ।

कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ। यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ।

नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे वापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकहरुलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो। यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ।