परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ


काठमाडौं – नेपाल प्रहरी केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौंको मनोहराबाट आज पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए। उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको हाे।