काठमाडौं- नेपाल मेडिसिटी हस्पिटलले क्यान्सर उपचार सेवालाई थप सुदृढ बनाउन १ अर्ब ७० करोड रुपैयाँ लगानी गरी अत्याधुनिक क्यान्सर विभाग स्थापना गर्ने तयारी गरेको छ। हस्पिटलले नयाँ लगानीमार्फत क्यान्सर रोगको निदान, उपचार तथा विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। यस विस्तारले नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा हस्पिटलले लिएको छ।
हस्पिटलको पछिल्लो वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो नौ महिनामा २ अर्ब ५ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ। व्यावसायिक गतिविधिमा सुधार आउनुका साथै ७ करोड रुपैयाँ बीमा दाबीबाट प्राप्त भएपछि हस्पिटलको नगद मौज्दात बढेर ३३ करोड ३० लाख रुपैयाँ पुगेको छ।
हाल नेपाल मेडिसिटी हस्पिटलले २४७ शय्यामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, हस्पिटल नेपालकै पहिलो नेशनल एक्रेडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थकेयर प्रोभाइडर इन्टरनेशनलबाट मान्यता प्राप्त हस्पिटल हो। २ सय ४७ शय्याको सुविधासाथ हस्पिटल भइरहेको छ। हस्पिटलले क्यान्सर उपचार पूर्वाधारमा गर्न लागेको नयाँ लगानीले नेपालमा विशेषकृत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानीलाई समेत थप बल पुग्ने अपेक्षा लिएकाे छ।







About Us
प्रतिक्रिया