काठमाडौं – वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमका लाक्पा शेर्पा र नवलपरासी पूर्वकी कालिका रोक्का रहेका छन् ।
पक्राउ मध्ये लाक्पाले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रुपैयाँ र कालिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका९२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।







About Us
प्रतिक्रिया