काठमाडौं – पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाईड एरिया तथा सोही महानगरपालिका–१७ बिरौटा एरियाहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू र यात्रुहरूलाई आकर्षक र सस्तोमा होटल मिलाइदिने भनी अनावश्यक दुःख हैरानी दिने उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त कार्यमा संलग्न ५ जनालाई पोखरा महानगरपालिका–७ बिरौटाबाट र ३ जनालाई सोही महानगरपालिका–६ हल्लनचोकबाट पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







About Us
प्रतिक्रिया