विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने


काठमाडौं – सरकारले विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि अधिकारी तोक्ने भएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने भएको हो ।