काठमाडौं – विद्युतीय उपकरण प्रयोग गरी जुवा तास खेल्ने ८ जना पक्राउ परेका छन् । काठमाडौंको मित्रनगरमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबु बाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा तास खेल्न प्रयोग गरिने विद्युतीय उपकरण थान १, तास १० बुक, र नगद १ लाख २७ हजारसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ३ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







About Us
प्रतिक्रिया