सुपर खुदी हाइड्रोपावरको ७७ हजार बढी कित्ता शेयरको लकइन अवधि भदौ १६ गते सकिँदै


काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडको ७७ हजार ५ सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। कम्पनीको सामूहिक लगानी कोषहरूका लागि छुट्टाइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौ १६ गते सकिने भएको हो। 

कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशतले हुन आउने ७७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँट गरेको थियो ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको मितिले सामूहिक लगानी कोषतर्फको शेयर ६ महिनासम्म लकइनमा राख्नु पर्ने प्रावधान छ ।