नेपाललाई जापान सरकारले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान दिने


काठमाडौं – जापान सरकारले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका अध्यक्षले नयाँ सरकारका प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गर्दै लामो समय देखि जापान नेपालको असल मित्र र विकास साझेदारको रुपमा रहेकोले नयाँ सरकारसँग काम गर्न इच्छुक भएको बताउनुभएको थियो। प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे ।

सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु नयाँ सरकारको उच्च प्राथमिकता भएको अर्थमन्त्री डा। वाग्लेले बताए। जापानले नेपालको भौतिक पूर्वाधार निर्माण, सामाजिक क्षेत्र र मानव संशासन विकासमा गरेको योगदानको अर्थमन्त्रीले उच्च प्रसंशा गरे । अर्थ मन्त्रालयमा मानव संसाधन छात्रबृत्ति कार्यक्रम सम्बन्धी आदान-प्रदान पत्रमा अर्थ सचिव डा। घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदुत माएदा तोरुले हस्ताक्षर गरेका छन्।

यस कार्यक्रम अन्तर्गत यसबाट नेपाल सरकारको निजामती सेवामा कार्यरत जनशक्तिलाई दक्ष सीपयुक्त र उत्पादनशील बनाउन जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा स्नातकोत्तर तथा पिएचडी तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने उल्लेख छ। यसले नेपालको सार्वजनिक क्षेत्रमा नीति निर्माण र विकास व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बताइएको छ ।