बैंकिङ्ग कसुर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका किरणमान जोशी र लक्ष्मी बर्तौला पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका वडा– ३० रुद्रमती मार्ग मैतिदेवी बस्ने किरणमान जोशी र ललितपुरको गोदावरी बस्ने लक्ष्मी बर्तौला रहेका छन् । 

जोशीलाई बैंकिङ्ग कसुर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।