काठमाडौं – आज सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो।
आज प्रतितोला सुन २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ । हिजो २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।








About Us
प्रतिक्रिया